काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ–छ, झापा र मोरङबाट तीन–तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई–दोई र सिरहाबाट एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।