arrow

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन लागिन् उपसभामुख रुवीकुमारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
rubi-thajur-31-03.jpg

काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन्। ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो ।

जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित (निङ्ची) मा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन-तिब्बत ट्रान्स-हिमालय मञ्चमा सहभागी हुन ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् चीन गएकी हुन् ।

उनको टोलीमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन् । 

असार ३१ देखि साउन २ गते (१५-१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा उपसभामुख र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।

साथै अन्य उच्च स्तरीय भेटघाटहरू पनि हुनेछ। प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ