arrow

कतार गए उपराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
ram-saye-yadhav-.jpg

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश बोकेर उपराष्ट्रपति यादव कतार गएका हुन्। कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमादको निधन भएपछि नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उपराष्ट्रपति यादवले कतार भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटघाट गरी नेपालको तर्फबाट आधिकारिक समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको छ।

दिवङ्गत शेख हमाद बिन खलिफा अल थानीले सन् १९९५ देखि २०१३ सम्म कतारको अमिरका रूपमा देशको नेतृत्व गरेका थिए। उनको निधनप्रति अहिले विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले शोक व्यक्त गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ