arrow

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध

पहिरोसहित ठूलो ढुङ्गा खस्दा यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
madhyapahadi-sadak-marga.jpg
तस्बिर फाइल

काठमाडौँ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले यातायात आवागमन ठप्प पारेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सोमबारदेखि परेको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेको हो। सडक अवरुद्ध भएपछि यस खण्ड हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम र डोल्पालगायत पश्चिम नेपालका विभिन्न जिल्लाका लागि छुटेका यात्रुवाहक बस तथा अन्य सवारीसाधनहरू सडकमै अलपत्र परेका छन्।

सडकमा पहिरोसँगै एउटा ठूलो ढुङ्गासमेत खसेर अडिएकाले बाटो खुलाउन निकै चुनौतीपूर्ण बनेको छ। प्रहरी नायब उपरीक्षक त्वातीले सडकमा खसेको पहिरोको प्रकृति हेर्दा तत्कालै खुलाउन सकिने अवस्था नरहे पनि सडक विभाग र स्थानीय प्रशासनको समन्वयमा बाटो खुलाउने प्रयास निरन्तर भइरहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ