-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नं १० सिसौटिया निवासी ३५ बर्षीय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा निधन भएको हो ।
विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् ।