डुबानमा परेको सुकुमवासी होल्डिङ सेन्टरका विस्थापितलाई स्मृति भवनमा सारियो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
213
Shares
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरू पुनः विस्थापित भएका छन् ।
अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण बिहान १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन् ।
विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।
हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।