arrow

नेपालमा जलन उपचारको अवस्था जटिल: चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
chandra-bhandari-ss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन, दक्ष जनशक्ति र पूर्वाधारको चरम अभाव रहेको बताएका छन्। बिहीबार काठमाडौँको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपाली घाइते भएपछि सोही घटनाको सन्दर्भमा प्रतिक्रिया दिँदै नेता भण्डारीले नेपालको स्वास्थ्य प्रणालीमा रहेको यो गम्भीर अभावबारे औँल्याएका हुन्।

नेता भण्डारीले नेपालमा जलन उपचारका लागि अस्पतालहरू भए पनि गम्भीर अवस्थाका बिरामीलाई बचाउन आवश्यक पर्ने विशेष सघन उपचार कक्ष (आईसीयू), अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या निकै न्यून रहेको उल्लेख गरे। नेपालमा जलनसम्बन्धी उपचार निकै महँगो र जटिल प्रकृतिको हुने भएकाले आर्थिक रूपमा विपन्न सामान्य नागरिकका लागि यो थप चुनौतीपूर्ण र कष्टकर बन्ने गरेको उनको भनाइ छ।

आफू स्वयं पनि गम्भीर जलनको सिकार भई भारतमा उपचार गराउनुपरेको पीडादायी अनुभव स्मरण गर्दै नेता भण्डारीले जलनसम्बन्धी केसमा बिरामीको जीवन बचाउन निकै कठिन हुने र यहाँ प्रविधि नहुँदा मानिसहरू आत्तिएर विदेश जान बाध्य हुने गरेको बताए। उनले नेपालमै आवश्यक मेसिन, अत्याधुनिक प्रविधि र अस्पतालको राम्रो व्यवस्थापन गर्न सके धेरै नागरिकले अकालमा ज्यान गुमाउनु नपर्ने र उपचारका लागि विदेश धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुने जोड दिए।

 आगलागी तथा अन्य दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको सहज उपचारका लागि सरकारले देशभित्रै विशेष व्यवस्था र दक्ष जनशक्तिको विकास गर्नुपर्नेमा उनले माग गरे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ