लन्डन । स्ट्रेट अफ हर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्याङ्कर माथि “अज्ञात प्रहार” भए पछि आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले बताएको छ ।
संयुक्त राज्य अमेरिका र इरान बीच युद्धविराम र स्थायी शान्ति सम्झौता सुरक्षित गर्न जारी सम्झौता बाबजुद यो घटना हुदाँ विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमा अझै सरल आवागमन सम्भव नभएको जनाइएको छ ।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले ओमानको लिमाहबाट आठ माइल पूर्वमा उक्त घटना भएको बताएको छ भने अर्को “एउटा ट्याङ्करमा बन्दरगाह छेउमा अज्ञात प्रहार भएपछि आगो लागेको रपोर्ट गरिएको छ ।
एजेन्सीले हताहत वा वातावरणीय क्षतिको कुनै रिपोर्ट नभएको बताएको छ ।
जहाजहरूलाई सावधानीका साथ पारगमन गर्न र कुनै पनि संदिग्ध गतिविधिको बारेमा युकेएमटीओलाई रिपोर्ट गर्न सल्लाह दिएको जनाउदै एजेन्सीले अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी एक्सियोसले सोमबार राति इरानले “व्यापारिक जहाजहरूमा कम्तीमा दुई ओटा मिसाइल प्रहार गरेको रिपोर्ट गरेको छ ।
मध्यपूर्व युद्धको समयमा हर्मुजको जलमार्ग मध्य तनावको केन्द्रमा थियो, भने इरानले जलमार्ग अवरुद्ध गर्दा धेरै व्यापारिक जहाजहरू आक्रमणमा परे भने यसको कारण विश्वव्यापी उर्जाको मूल्य तीव्र रूपमा बढाएको थियो ।
संयुक्त राज्य अमेरिकाले यसको आफ्नै नौ–सैनिक नाकाबंदीको साथ प्रतिक्रिया दियो भने तेहरानलाई व्यावसायिक ढुवानीलाई लक्षित गरेको आरोप लगाए पछि इरान विरुद्ध जवाबी आक्रमण सुरु गर्यो ।
वासिङ्टन र तेहरानले गत महिना द्वन्द्व अन्त्य गर्ने र रणनीतिक मार्ग पुनः खोल्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरे पछि समुद्री यातायात पुनः शुरू भएको थियो ।
यद्यपि, इरानले युद्धपूर्व क्षेत्रमा यस अघिको अवस्थामा फर्केर नआउने विषय प्रस्ट पारेको छ भने यस–अन्तर्गत जहाजहरू हर्मुज जलमार्गमा स्वतन्त्र रूपमा जाने बताइएको छ ।
तेहरानले आफ्नो तटवर्ती क्षेत्रमा निर्धारित गरेको कोरिडोर बाहिरका मार्गहरू प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएको छ ।
हर्मुजको जल–मार्ग मध्य खाडीबाट अन्तर्राष्ट्रिय बजारमा र विशेष गरी एसिया क्षेत्रमा ऊर्जा निर्यात गर्नका लागि मुख्य समुद्री प्रवेशद्वार हो ।