arrow

कर्णालीका वनमा निर्भर समुदायका लागि हरित जलवायु कोषबाट ८५ लाख डलर अनुदान स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
gcf-.jpg

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८ दशमलव ५ मिलियन (८५ लाख) अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले बुधबार ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको विशेष परियोजनालाई अघि बढाउने निर्णय गर्‍यो। 

यो वित्तीय स्वीकृतिसँगै नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत यो परियोजना विकास गरेको हो।

कूल ९ दशमलव २ मिलियन अमेरिकी डलर लगानी रहने यस चार वर्षे अभियानमा जिसिएफबाट प्राप्त हुने ८५ लाख डलर अनुदान समावेश छ। यस परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील क्षेत्र कर्णाली प्रदेशमा पारिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु–सहनशील जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ। 

नाजुक पर्वतीय पारिस्थितिकीय प्रणाली, कठिन भूगोल, उच्च गरिबी दर तथा पहिरो, बाढी र लामो खडेरीजस्ता प्राकृतिक विपद्का कारण कर्णाली क्षेत्र जलवायु परिवर्तनको ठूलो जोखिममा छ। यो परियोजनाले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), राष्ट्रिय निर्धारित योगदान तथा अन्य राष्ट्रिय जलवायु प्राथमिकताहरूको कार्यान्वयनमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ। यसका साथै देशका जलवायु नीतिहरूलाई स्थानीय तहमा ठोस कार्यमा रूपान्तरण गर्न यसले मद्दत गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ