arrow

देश लोकप्रियतावाद र फिल्मी शैलीले चल्दैन: सांसद शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
yubaraj-sharma.jpg

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले मुलुकका समसामयिक र आधारभूत समस्या समाधानमा सरकार कत्ति पनि गम्भीर नभएको आरोप लगाए। 

उनले देशमा अहिले १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको दर्दनाक तथ्याङ्क सदनसमक्ष प्रस्तुत गरे। सोही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् भनी कडा प्रश्न गरे।

देशका किसानका समस्याप्रति पनि सरकार उत्तिकै उदासीन रहेको उनले उल्लेख गरे। गत चैत महिनामा बर्डफ्लु रोगका कारण ठूलो आर्थिक क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको विषयमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। यसैगरी, आफ्नो भूमि र अधिकारका लागि काठमाडौँसम्म आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे सरकारले तत्काल स्पष्ट पारिदिनुपर्छ।’

정부가 ल्याउन लागेको नयाँ सवारी तथा यातायातसम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए। उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ड्राफ्ट गरिएको जस्तो देखिने टिप्पणी गर्दै उनले ऐनमा राख्न खोजिएका कठोर जरिवानाका प्रावधानहरू व्यावहारिक नभएकाले तत्काल सच्याउन माग गरे। 

देश फिल्म, फिल्मी संवाद, ताली वा गालीको भरमा चल्न नसक्ने भन्दै उनले सरकार यस्तो सस्तो लोकप्रियतावादी ‘ह्याङओभर’ बाट जति सक्दो चाँडो मुक्त हुनुपर्ने सुझाव दिए। समयको माग र धरातलीय यथार्थ विपरितका कानुन निर्माण गरेर नागरिकलाई अनाहक दुःख दिन नहुने कुरामा उनले विशेष जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ