arrow

उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
flying-car-china.jpg

काठमाडौँ । उड्ने कार (फ्लाइङ कार) को विकासलाई तीव्र गतिमा अघि बढाइको छ। उड्डयन कम्पनीहरूले व्यावहारिक रूपमा दैनिक प्रयोग गर्न मिल्ने उड्ने कारको विकासका लागि आफ्नो समय र स्रोतसाधनको अधिकतम उपयोग गरिरहेका छन्। यसै क्रममा दक्षिणपश्चिम चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातलाई सहज बनाउने उद्देश्यका साथ ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ।

 यस कारको क्याबिनमा आवश्यकताअनुसार समायोजन गर्न मिल्ने सिटहरू तथा बहुउद्देश्यीय सवारीका अन्य आधुनिक सुविधाहरू समावेश गरिएका छन्। यो कार हाल उडानयोग्यता एवं प्रमाणीकरणको अन्तिम प्रक्रियामा रहेको छ।

एरोफुगियाका प्रवक्ता ल्याङ जिओङले निकै आरामदायी यो कारले एकपटकमा अधिकतम २०० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने जानकारी दिए। यसैबीच, दक्षिण चीनको ग्वाङ्झाउस्थित अर्को प्रविधि कम्पनीले विकास गरेको उड्ने कारले पनि सार्वजनिक रूपमा आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरिसकेको छ। 

यो मोडेल पनि हाल उडानयोग्यता प्रमाणीकरण प्रक्रियामै रहेको छ। अधिकतम ९५० किलोग्राम टेकअफ तौल क्षमता भएको यो कारको मुख्य शरीर (फ्युजलाज) ८ मिटर लामो छ भने यसका पखेटाहरूको फैलावट पनि उत्तिकै फराकिलो बनाइएको छ। यो विशेष उड्ने कारलाई सहर, समुद्र र पहाडी क्षेत्रहरू पार गर्दै मध्यमदेखि लामो दूरीको यात्रा तय गर्न मिल्ने गरी डिजाइन गरिएको हो।

सम्बन्धित कम्पनीका अनुसार यस कारमा सामान्य कारमा जस्तै छेउबाट खुल्ने ढोका र दुईवटा सिटहरू राखिएका छन्। यो कारले ट्राफिक जामको झन्झट बिना सिधै भवनको छतबाटै उडान भर्न र अवतरण गर्न सक्छ। यसमा जडान गरिएका आठवटा प्रोपेलरले कारलाई ठाडो रूपमा जमिन वा छतबाट माथि उचाल्न मद्दत गर्छन् भने पछाडिपट्टि रहेको पुशर प्रोपेलरले आकाशमा अगाडि बढ्नका लागि आवश्यक शक्तिशाली गति प्रदान गर्छ। 

प्रविधि विज्ञहरूका अनुसार अहिले भइरहेको विकासको गतिलाई हेर्दा आगामी करिब एक दशकभित्र यस्ता उड्ने कारहरू विश्व बजार र आम मानिसको व्यापक प्रयोगमा आउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
नयाँ