arrow

नेप्सेमा झिनो अङ्कको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अङ्कले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।

कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६÷८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९०  र  एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ