arrow

नेप्से परिसूचकमा २६ अङ्कको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित हुन पुगेको छ।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ३१ अङ्कले ओरालो लाग्दै ४६१ दशमलव ४८ मा आइपुगेको छ। बजारमा आज कूल ३५३ कम्पनीका १ करोड ४० लाख ६४ कित्ता शेयरहरू कुल ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए।

आजको कारोबारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ। कुल कम्पनीहरूमध्ये केवल २२ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने २३९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। बाँकी ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर पनि बढी कारोबार हुने शीर्ष कम्पनीहरूको सूचीमा परेका छन्।

मंगलबारको बजारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। अर्कातर्फ, बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीहरूले भने आज बढी गुमाउनुपरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ