रास्वपा महाधिवेशनले प्रतिनिधि सभामा पनि असर, बैठक सरेर शनिबारलाई सारियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
187
Shares
तस्बिर : फाइल
काठमाडौँ । प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन् ।
यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत स्थगन भएको थियो ।
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको हो ।
भारतपुरमा असार ७ गतेदेखि ९ गतेसम्म चल्ने भनिएको महाधविेशन लम्बिएर आजसम्म चलेसँगै सभामुखले पनि संसद बैठक सारेका हुन् ।
रास्वपाको एकल सरकार रहेको छ । संसदमा झण्डै दुई तिहाई सांसद रास्वपाकै छन् । रास्वपा नै सहभागी नभए पनि संसद बैठकमा कोरमसमेत पुग्दैन ।
विपक्षमा रहेका सबै सांसदहरू नआउने हुनाले संसद खाली नै हुन्छ ।