arrow

रास्वपा महामन्त्री पदबाट छ जनाले लिए उम्मेदवारी फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
rsp-83-3-8-bbbb.jpg
तस्बिर : फाइल

काठमाडौँ । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर),शिशिर खनाल र राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । 

महामन्त्रीमा विपिनकुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारमा मनिष झा, रञ्जू न्यौपाने, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । मतदान कतिबेला हुन्छ टुंगो छैन । 

गत असार ७ देखि महाधिवेशन जारी छ । तीन दिनका लागि भनेर गरिएको महाधिवेशनमा थप तीन दिन थप्दा पनि अझै टुंगिने छाँट छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ