सर्वाधिक मतसहित स्वर्णिम पहिलो, अन्य को–को भए रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ? (सूचीसहित)
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
284
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय समितिका लागि भएको निर्वाचनमा खुलातर्फ ३२ जनासहित विभिन्न क्लस्टरबाट कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नयाँ नेतृत्व चयनका लागि भएको डिजिटल मतदान प्रक्रियाबाट ९९ सदस्यीय नयाँ कार्यसमिति छानिएको हो।
निर्वाचनमा पार्टीका उपल्लो स्तरका चर्चित नेताहरूले अत्यधिक लोकप्रिय मत प्राप्त गरेका छन्। जसमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्। वाग्लेले प्रवास र इलेक्ट्रोनिक (विद्युतीय) माध्यमबाट खसेको मतसहित कुल २ हजार ६ सय ५६ मत प्राप्त गरेका हुन्। उनलाई प्रवास समितिका तर्फबाट खसेको शतप्रतिशत मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ।
लोकप्रिय मत ल्याउने क्रममा डा. वाग्लेलाई पछ्याउँदै प्रतिनिधि सभा सदस्य सोविता गौतम २ हजार ५ सय ९४ मतका साथ दोस्रो स्थानमा निर्वाचित भएकी छिन्। त्यस्तै, पूर्वमन्त्री शिशिर खनाल २ हजार ४ सय ९५ मतसहित तेस्रो स्थानमा र युवा नेता सागर ढकाल २ हजार ३ सय ३३ मत प्राप्त गरी चौथो स्थानमा निर्वाचित भएका छन्।
रास्वपाको संशोधित विधानअनुसार अब केन्द्रीय समिति कुल १५८ सदस्यीय हुनेछ। जसमध्ये महाधिवेशनको मतदान प्रक्रियाबाट ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित भएका हुन् भने बाँकी सदस्यहरूमध्ये ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्ने वैधानिक व्यवस्था छ। यस्तै, पार्टीका ७ वटै प्रदेशका सभापतिहरू स्वतः पदेन केन्द्रीय सदस्य रहने प्रावधान रहेको छ।
खुला समूहतर्फ नै डा। तोसिमा कार्कीले २३०२ मत, रञ्जु दर्शनाले २२९३ मत, मनिष झाले २२८१ मत, हरि ढकालले २२६२ मत, कविन्द्र बुर्लाकोटीले २२२७ मत, विपिन कुमार आचार्यले २१६९ मत, रमेश प्रसाईले २१६६ मत, निशा डाँगीले २१३२ मत, विराज भक्त श्रेष्ठले २१२३ मत, इन्दिरा राना मगरले २०९० मत, गणेश पराजुलीले २०८७ मत, पुकार बमले २०७० मत र ललितपुरका जगदीश खरेलले २०६५ मत ल्याएर केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
यसैगरी सुलभ खरेलले २०४३ मत, यज्ञमणि न्यौपानेले १९०३ मत, प्रमोद न्यौपानेले १८९२ मत, सस्मित पोखरेलले १८६४ मत, रिमा विश्वकर्माले १८४५ मत, राजुनाथ पाण्डेले १८४० मत, राजीव खत्रीले १७४५ मत, समिक्षा बास्कोटाले १७३९ मत, गणेश कार्कीले १७३४ मत, खगेन्द्र सुनारले १७३३ मत, असिम साहले १७३० मत, हिमेश पन्तले १६५० मत, दोलखाका जगदीश खरेलले १५५२ मत, गीता चौधरीले १५३७ मत र लिमा अधिकारी आचार्यले १५३६ मत प्राप्त गर्दै खुला सदस्यका रूपमा निर्वाचित भएका छन्।
समावेशी क्लस्टर अन्तर्गत विभिन्न समूहबाट नेतृत्व चयन भएको छ, जसमा थारु समूहतर्फ महिलामा करिष्मा कठरिया १३७३ मत र पुरुषमा अशोक कुमार चौधरी १३१४ मतका साथ विजयी भएका छन्। मधेसी समूहतर्फ पुरुषमा बब्लु गुप्ताले १४४५ मत, अरविन्द साहले ९७० मत र दिपक कुमार साहले ८९३ मत ल्याएर बाजी मारेका छन् भने महिलातर्फ जुली यादव ११९५ मत र कामिनी कुमारी चौधरी १११४ मतसहित केन्द्रीय सदस्य बनेका छन्।
दलित समूहतर्फ पुरुषमा विजय जैरुले १३६६ मत र शिव नेपालीले १२०५ मत प्राप्त गर्दा महिलातर्फ सविना वि।क।ले १०२१ मत र खिमा बि।क।ले ९६८ मत प्राप्त गरी जित हासिल गरेका छन्। मुस्लिम समूहतर्फ महिलामा समिना मिया १०६५ मत र पुरुषमा रहबर अंसारी १०४७ मत ल्याएर निर्वाचित भएका छन्। खस/आर्य र आदिवासी जनजाति समूहबाट पनि उल्लेख्य प्रतिनिधित्व सुनिश्चित भएको छ, जहाँ खस/आर्य समूहतर्फ पुरुषहरूमा सुशान्त वैदिक १५३५ मत, सुदीप ढकाल १४३९ मत, हेमराज भट्ट ११४४ मत, प्रदीप विष्ट १०५९ मत र डिल्लिश्वोर कार्की (रोहन) १०२२ मतका साथ विजयी भएका छन्।
सोही समूहको महिलातर्फ प्रकृति ढकालले १५३३ मत, टिका संग्रौला (ज्वाला) ले १५२० मत, क्रान्तिशिखा धितालले १५०४ मत, जमुना शर्माले १०३० मत र सुशिला कार्की पोख्रेलले १०१४ मत प्राप्त गरी केन्द्रीय समितिमा स्थान बनाएका छन्।
आदिवासी/जनजाति समूहतर्फ पुरुषमा मिलन लिम्बु १५३६ मत, शकर श्रेष्ठ १४९४ मत, मिङ्गा डण्डु शेर्पा ८३४ मत, महेश लामा ८०९ मत र कृष्णमान श्रेष्ठ ७९० मतका साथ निर्वाचित भएका छन् भने महिलातर्फ आशिका तामाङ्गले १४५० मत, अनुष्का श्रेष्ठले १३८० मत, निशा श्रेष्ठले १२६० मत र कुशुम महर्जनले ११२८ मत ल्याएर जित सुनिश्चित गरेका छन्।
प्रादेशिक समूहतर्फ सातै प्रदेशबाट पाँच-पाँच जना सदस्यहरू निर्वाचित भएका छन्, जसअन्तर्गत गण्डकी प्रदेशबाट पवित्रा थापा १०७६ मत, mनिष खनाल १०५२ मत, सागर भुसाल १०४० मत, सोम शर्मा ९३३ मत र विष्णु कुमारी गुरुङ (एकता) ८०० मतका साथ केन्द्रीय सदस्यमा चुनिएका छन्। लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेले १११७ मत, संगिता ढकालले १११५ मत, ज्ञानु पौड्यालले ९१९ मत, देवराज पाठकले ८३१ मत र सर्मिला खनालले ६६४ मत ल्याएर विजयी यात्रा तय गरेका छन्।
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सिता बादी १८१३ मत, विनिता कठायत १५६० मत, टासी लल्हाङ्गजोम ११८५ मत, मेनुका शाही ८२२ मत र प्रकाश न्यौपाने ६३४ मतका साथ केन्द्रीय टोलीमा अटाएका छन्। कोशी प्रदेशबाट निशा मेहता १८९१ मत, विश्वराज पोखरेल १४८६ मत, शोभा कार्की १२२९ मत, कल्पना थापा ९५१ मत र सुजाता तामाङ ८५६ मत प्राप्त गरी निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट सुस्मा बस्नेतले १४४१ मत, सुनिता कुमारी चौधरीले १३०७ मत, नमिता यादवले ११५७ मत, मञ्जु सिंहले १०१३ मत र अंकित कुमार यादवले ९६७ मत ल्याएर सफलता पाएका छन्। बागमती प्रदेशबाट प्रभा ढकाल १५१३ मत, विदुशी राणा १३३७ मत, आकांक्षा पोखरेल ८८० मत, अनिता श्रेष्ठ ८०९ मत र पार्वती थापा ७५९ मतका साथ विजयी भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा २०७३ मत, के पी खनाल १८८३ मत, दीपक राज बोहरा १४९१ मत, जानीका जोशी ११४८ मत र चन्द्रा ऐर चाँदनी ११४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भई रास्वपाको नयाँ नेतृत्व तयार गरेका छन्।