arrow

बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
wcf-2026-jpn-swi-32.jpg

काठमाडौँ । जापान र स्वीडेन विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह एफको अन्तिम भिडन्तमा आज बिहान आपसमा बराबरी खेल्दै जापान र स्वीडेन अन्तिम ३२ मा पुगेका हुन् । 

खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा जापानले प्रारम्भिक अग्रता लियो । 

खेलको ५६ औँ मिनेटमा डाइजेन मेडाले गोल गर्दैै जापानलाई अग्रता दिलाए । त्यसको ६ मिनेटमै स्वीडेनका एन्थोनी एलेङ्गाले गोल गर्दै बराबरीमा ल्याए । 

यो बराबरीले जापान ५ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । त्यस्तै तेस्रो भए पनि ४ अंकसहित स्वीडेन पनि अन्तिम ३२ मा पुग्न सफल भएको छ । 

यता नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह एफको अन्तिम चरणको खेलमा ट्युनिसियालाई ३–१ ले पराजित गर्दै नेदरल्याण्ड्स अन्तिम ३२ मा पुगेको हो । 

नेदरल्याण्ड्सका लागि ब्राइन ब्रोब्बे र जान पल भान हेक्केले गोल गोल गरे । पहिलो गोल भने ट्युनिसियाको आत्मघाती गोलबाट उपहार पाएको थियो । ट्युनिसियाका लागि हाजेम मास्तोउरीले एक गोल फर्काए । 

जितसँगै समूहमा ७ अंकसहित समूह विजेता बन्दै नेदरल्याण्ड्स अन्तिम ३२ मा पुग्दा अंकविहीन ट्युनिसिया बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ