-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । उपाधिको प्रमुख दावेदारमध्ये एक जर्मनीलाई हराउँदै इक्वेडर विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै इक्वेडर समूहको तेस्रो स्थानमा रहे पनि विश्वकपको अर्को चरणमा पुगेको हो ।
खेलमा इक्वेडरलाई अर्को चरणमा पुर्याउन निसन एङ्गुओ र गोन्जाले प्लाटाले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै जर्मनीका लेरोए सानेले अग्रता दिलाए पनि त्यो हार बचाउन पर्याप्त भएन ।
यो हारसँगै ६ अंकबाट शीर्ष स्थानमा रहँदै जर्मनी समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ ।
यो समूहबाट समूह चरणको अन्तिम खेलमा डेब्यु टिम कुराकाओलाई २–० ले पराजित गर्दै आइभरी कोष्ट पनि ६ अंकसहित समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ ।