arrow

चेक गणतन्त्रमाथि मेक्सिकोको सानदार जित, ३–० को नतिजासहित विश्वकपको 'नकआउट' चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
mexico-football.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम तथा निर्णायक खेलमा सानदार जित निकाल्दै आयोजक मेक्सिको प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। 

घरेलु मैदान मेक्सिको सिटी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा मेक्सिकोले बलियो प्रतिद्वन्द्वी चेक गणतन्त्रलाई ३–० को भारी गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक र गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले आक्रामक खेल प्रदर्शन गर्दै चेक टोलीको रक्षापङ्क्तिलाई ध्वस्त पारेको थियो। 

मेक्सिकोका लागि खेलको ५५औँ मिनेटमा मातेओ चाभेजले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट लित्न नपाउँदै खेलको ६१औँ मिनेटमा जुलियन किन्योनेसले उत्कृष्ट गोल गरेपछि मेक्सिको खेलमा २–० ले अगाडि बढ्यो र जिततर्फ अग्रसर भयो।

त्यसपछि चेक गणतन्त्रले खेलमा फर्कन केही राम्रा अवसरहरू सिर्जना गरे पनि मेक्सिकोको मजबुत रक्षापङ्क्ति र गोलकिपरले त्यसलाई असफल पारिदिए। निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको इन्जुरी समयमा अल्भारो फिडाल्गोले आकर्षक गोल गरेपछि मेक्सिकोले ३–० को सुनिश्चित र सानदार जित दर्ता गर्‍यो। यस जितसँगै घरेलु समर्थकमाझ मेक्सिकोले समूह चरण पार गर्दै विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ