ब्रजिल विश्वकप फुटबलको ‘नकआउट’ मा, भिनिसियस चम्किदा स्कटल्याण्ड पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
489
Shares
काठमाडौँ । विश्वकप फुटबलको सबैभन्दा सफल टिम ब्रजिल नकआउट चरणमा पुग्न सफल भएको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३–० को सहज जित निकाल्दै ब्रजिल समूह सीको समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो ।
ब्रजिललाई जिताउने क्रममा भिनिसियस जुनियर चम्किए । उनले दुई गोल गरे । एउटा गोल भने भीएआर प्रणालीले खारेज गरिदिएको थियो ।
त्यस्तै म्याथ्युज कुन्हाले एक गोल गरे । ब्रजिलका स्टार खेलाडी नेमार चोटका कारण अहिलेसम्मका समूह चरणका तीन ओटै खेलमा सहभागी हुन सकेनन् ।
यो हारसँगै तीन अंक बटुलेको स्कटल्याण्डको अन्तिम ३२ मा पुग्ने सम्भावना समूह चरणका सबै खेल खेलेपछि मात्र टुंगो लाग्नेछ ।
यो समूहको मोरक्को पनि अन्तिम ३२ मा पुगेको छ भने सन् १९७४ पछि पहिलो पटक खेलेको हैटी भने अंकविहीन हुँदै बाहिरिएको छ ।