arrow

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट एक अर्ब एक करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
diktel-office.JPG

काठमाडौँ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानले लगाएको बाली बाँदरले क्षति पुर्‍याउन थालेपछि नियन्त्रण तथा न्यूनीकरणका लागि बजेट छुट्याएको छ ।

नगरपालिकाले १५औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बाली हेरालु राख्ने कार्यक्रमसहित वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण गर्ने उद्देश्यले ४५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

नगर उपप्रमुख बिसन राईले आगामी वर्षका लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनका अनुसार बाँदरलगायतका वन्यजन्तुले किसानको अन्नबाली नष्ट गर्न थालेपछि त्यसको रोकथामका लागि बाली हेरालु परिचालन गर्ने नीति तथा कार्यक्रम पारित गरिएको हो ।

उपप्रमुख राईले किसानले वर्षभरि गरेको मेहनत बाली भित्र्याउने समयमा क्षति हुँदा ठूलो समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको बताए ।

उनले किसानलाई बाली सुरक्षित रूपमा भित्राउन सक्ने वातावरण बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ