arrow

माडीले थाल्यो किसान सूचीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
rice-farmi-paddey-farmer.jpg

चितवन । माडी नगरपालिकाले किसानको सूचीकरण गर्न शुरू गरेको छ । पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया शुरू गरिएको छ । गणक नियुक्तिसँगै सूचीकरणको काम शरू गरिने उनले जानकारी दिए । 

यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो ।

उनीहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।

यस पालिकामा १० हजार बढी घरधुरी छन् । तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ ।

प्रशासकीय अधिकृत भुसालले भने, ‘वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका हौँ ।’

उनका अनुसार यो सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ । 

सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा  सहयोग पुग्ने भुसालले बताए ।

उनका अनुसार किसान लक्षित योजना र उनीहरूको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ । किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ