arrow

कालीगण्डकीमा डुबेर दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
dubera-khola-death.jpg

पाल्पा। पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार बगनासकाली गाउँपालिका-६ मन्द्राङस्थित कालीगण्डकी नदीमा बिहीबार साँझ पौडी खेल्ने क्रममा शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहा बेपत्ता भएका थिए।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त खोजी अभियानपछि शुक्रबार कालीगण्डकी नदीको तल्लो क्षेत्रमा दुवै जनाको शव फेला परेको हो।

शिशिरको शव घटनास्थल नजिकै र पुजनको शव टिपुवाघाट क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

नदीमा पानी धमिलो भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि पर्याप्त सुरक्षा व्यवस्था नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारसँग आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ