arrow

माथागढीमा भएको टिपर दुर्घटनाका चारैजना मृतकको पहिचान खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
tipper-accidents.jpg

काठमाडौँ । पाल्पाको माथागढीमा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार र २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। घाइते चिदीको भैरहवा मेडिकल कलेज, रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको टिपर दुर्घटनामा परेको हो। खाली टिपर झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

घटनास्थलमा तीनजनाको तत्कालै मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ