पोखरा विमानस्थल निर्माणमा अनियमितता : क्यानका पूर्वमहानिर्देशकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
485
Shares
काठमाडौँ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता र हिनामिना गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। अदालतको आदेशमा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु भनिएको छ।
गौतममाथि पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले इपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी स्वाभाविक रूपमा लागत बढाएर प्राधिकरणको थप ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो।