arrow

गोपालले समर्थन गरेपछि शालिकराम बने रास्वपा लुम्बिनीको सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। दाङको घोराहीमा भएको प्रदेश अधिवेशन अन्तर्गत छ जनाबीच भएको प्रतिस्पर्धामा घिमिरे विजयी भएका हुन्।

मतदानको पहिलो चरणमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका थिए। तर, रास्वपाको निर्वाचन नियमावली अनुसार निर्वाचित हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान छ। शालिकरामको मत ५१ प्रतिशत नपुगेपछि उन र पहिलो चरणमा ८७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका गोपाल घिमिरेबिच दोस्रो चरणको मतदान गराउने तयारी गरिएको थियो।

तर, दोस्रो चरणको मतदान प्रक्रिया सुरु हुनु अगावै प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई आफ्नो समर्थन जनाउँदै प्रतिस्पर्धाबाट पछि हटेका थिए। गोपालले समर्थन गरेपछि शालिकराम घिमिरे लुम्बिनी प्रदेश सभापतिमा स्वतः निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।

पहिलो चरणको मतदानमा सहभागी अन्य उम्मेदवारहरूमध्ये रूपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रूपन्देहीकी मञ्जु भुसालले ७१ मत र रूपन्देहीकै मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। गए राति सम्पन्न भएको यस निर्वाचनमा कुल ५५२ मत खसेको निर्वाचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ