arrow
ADVERTISEMENT

बजेटप्रति खरेलको महाभारत शैलीमा कटाक्ष - बालेन अर्जुन, रवि श्रीकृष्ण र स्वर्णिम विदुर हुन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
sulav-kharel-28-02.jpg

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले सरकारको आर्थिक नीति र कर संरचनाप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट चुनौतीपूर्ण रहेको भन्दै यसको कार्यान्वयनमै अर्थमन्त्रीको क्षमता परीक्षण हुने टिप्पणी गरे।

खरेलले आफ्नो अभिव्यक्तिमा वर्तमान राजनीतिक परिदृश्यलाई महाभारतको रणभूमिसँग तुलना गर्दै प्रधानमन्त्रीको भूमिकामा रहेका बालेन्द्र साहलाई अर्जुनको रूपमा चित्रण गरे। 

यस्तै, उनले रास्वपा सभापति रवि लामिछानेलाई श्रीकृष्ण र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विदुरको रूपमा व्याख्या गरे।

यद्यपि आफ्नै पार्टी नेतृत्वप्रति यस्तो प्रतीकात्मक चित्रण गरे पनि सांसद खरेलले बजेटका केही व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाए।

उनले साना कम्पनीहरूमा २५ प्रतिशत कर्पोरेट कर र थप ५ प्रतिशत लाभांश कर लगाउने व्यवस्थाले साना उद्योग तथा उद्यमीलाई असर गर्ने भन्दै नीति पुनर्विचार गर्नुपर्ने बताए।

शिक्षा तथा स्वास्थ्य समता शुल्क अन्तर्गत लगाइएको ३ प्रतिशत करप्रति पनि उनले आपत्ति जनाए। विद्यालय शुल्कमै समावेश गर्नुपर्ने व्यवस्था छुट्टै असुल गर्दा अभिभावकहरू आर्थिक रूपमा थप मारमा परेको उनको भनाइ छ।

खरेलले न्यायपालिकाका लागि विनियोजित बजेट अत्यन्त न्यून रहेको भन्दै न्याय क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन सरकारलाई आग्रह गरे।

बजेटका केही सकारात्मक पक्ष स्वीकार गरे पनि सांसद खरेलले कर संरचना, सामाजिक शुल्क र बजेट वितरण प्रणालीमा तत्काल सुधार आवश्यक रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ