arrow
ADVERTISEMENT

 पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु, १३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
accident-final.jpg

इस्लामाबाद । उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । 

दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

सबै पीडितहरू एउटै परिवारका रहेको उलेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ ।

पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान शु गरिरहेको जनाइएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ