रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
228
Shares
सुनसरी । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
झुम्काबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल गए राति करिब ११ बजे सडक छेउमा रोकिराखिएको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका-८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए ।
टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराटनगर लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार सोही वडाका २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चालकको तीव्र गति र लापरबाहीका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।