arrow

विद्यालयबाट घर फर्किंदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा विद्यालयबाट घर फर्किंदै गरेकी ५ वर्षीया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ।

जिल्लाको बलरा नगरपालिका-६ मिर्जापुरस्थित भित्री सडक खण्डमा बिहीबार दिउँसो करिब १२ बजे गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त.८८३४ नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले स्थानीय अर्जुन साहकी छोरी अंकिता कुमारी साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो। उनी मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा दुर्घटनामा परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्नाहा, छन्किटोला, इलाका प्रहरी कार्यालय बलरा तथा इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर ट्याक्टर चालक बलरा नगरपालिका-६ निवासी १८ वर्षीय छोरा कृष्णकुमार साह घटनापछि फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार चालकको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ