arrow

क्वाल्लेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
accident-final.jpg

अछाम। अछामको कमलबजार नगरपालिका-७ क्वाल्लेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गएराति तुर्माखाँद गाउँपालिका-३ का २६ वर्षीय पुष्प बूढाले चलाएको से१ज ६१३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कमलबजार नगरपालिका-७ का ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

दुर्घटनामा मृतकका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही स्थानका ३० वर्षीय बद्री भाट घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।

जिप चालक पुष्प बुढा प्रहरी नियन्त्रणमा रहेका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ