arrow
ADVERTISEMENT

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार : सांसद दुलाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
yubraj-dulal-12-23.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले नेपालको सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल-भारत सीमा विवाद तथा नेपाली भूमि अतिक्रमणको विषयमा नागरिकस्तरबाट उठेका प्रश्नप्रति सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताए।

सांसद दुलालले नागरिकले नेपालको भूमि मिचिएको विषय उठाउँदा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई गैरजिम्मेवार टिप्पणीको संज्ञा दिए।

‘नेपालको सीमा मिचिएको विषयमा नागरिकले प्रश्न उठाउँदा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय भावना र स्वाभिमानमा गम्भीर चोट पुगेको छ,’ उनले भने।

उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आउने अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमिकताप्रति स्पष्ट अडान झल्किनुपर्ने बताउँदै सीमा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

सांसद दुलालले राष्ट्रिय अखण्डता र नेपाली जनताको भावनासँग जोडिएका विषयमा सरकार थप संवेदनशील र उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ