प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल जारी [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
381
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शरू भएको छ।
आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसै गरी बैठकमा अर्थमन्त्री डा. वाग्लेले 'विनियोजन विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ।
साथै अर्थमन्त्रीद्वारा नै 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरी सो विधेयक पनि सभामा प्रस्तुत गरिनेछ।
सोही बैठकमा अर्थमन्त्री डा. वाग्लेले 'नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।