काठमाडौँ । 'चौथो नेशनल बैंकिङ डिस्कोर्श' २०२६ काठमाडौँको म्यारियट होटलमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, निजी क्षेत्र र वाणिज्य बैंकका अधिकारीहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य, रिजाल ग्रुपका अध्यक्ष नवीन रिजाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली प्रमुख वक्ताका रूपमा रहेका थिए ।
कार्यक्रममा बैंकिङ क्षेत्रका विज्ञ, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।