ब्रेक फेल भएर ट्याक्टर खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
309
Shares
उदयपुर। उदयपुरको लिम्चुङबुङ गाउँपालिका-१ र ३ को सिमानामा पर्ने सेतीढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बुधबार बिहान करिब ५:३० बजे कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१-००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
उकालो र भिरालो कच्ची सडकमा ट्याक्टर फस्ने क्रममा निकाल्ने प्रयास गर्दा ब्रेक फेल भई ट्याक्टर अनियन्त्रित बनेर करिब ५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर चालक ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रदीप राई भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।