arrow

राजा चार्ल्स तृतीयले गरे गोर्खा सैनिकको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
king-charls-gorkha.jpg

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खाली सैनिकहरूको ‘दृढ सङ्कल्प र प्रतिबद्धता’ को उच्च प्रशंसा गरेका छन्। नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्ने क्रममा उनले गोर्खा सैनिकहरूप्रति सो सम्मान व्यक्त गरेका हुन्।

परेड ग्राउन्डमा सरिक भएका राजा चार्ल्सलाई गोर्खा सैनिकहरूले २१ तोपको सलामी दिएका थिए। सो अवसरमा उनलाई नेपाली परम्परा अनुसारको ठुलो फूलको माला पहिर्‍याएर भब्य स्वागत गरिएको थियो।

विशेष परेडलाई सम्बोधन गर्दै राजा चार्ल्सले नयाँ इकाइको गठनले "बेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्यवान् सम्बन्ध" लाई प्रस्ट रूपमा झल्काएको बताए। उनले गोर्खालीहरूको वीरताको कदर गर्दै भने:

“आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु। अब यस इकाईमार्फत गोर्खा सैनिकहरूले बेलायती सेनाको सम्पूर्ण क्षमता र जिम्मेवारीका विविध क्षेत्रमा सेवा गर्ने सुनौलो अवसर प्राप्त गरेका छन्।”

सैनिकहरूलाई थप हौसला दिँदै राजाले अगाडि भने, “यो महत्त्वपूर्ण नयाँ अध्यायको सुरुवातमा अगाडि बढ्ने तपाईँहरूको दृढता र प्रतिबद्धताका लागि म तपाईँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।”

यो नयाँ सैन्य इकाइको स्थापना र राजा स्वयम्‌को उपस्थितिले बेलायती सेनामा नेपाली गोर्खालीहरूको भूमिका र कूटनीतिक महत्त्वलाई अझ मजबुत बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ