प्रधानमन्त्री बालेन र ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखबीच भेटवार्ता [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
498
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले यहाँस्थित युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले उनीहरूसँग सामूहिक भेट र संवाद कार्यक्रम गरिरहेका हुन् । प्रधानमन्त्री साहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको छ ।
यसअघि गत चैत २५ गते प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।