arrow

पहलगाम आतंकवादी हमलाको एक वर्ष, स्मरणमा युरोपेली संघको ऐक्यबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
european-union.jpg

ब्रसेल्स । युरोपेली संघ (ईयू) ले भारतको पहलगाममा भएको आतंकवादी हमलाको स्मरणमा ऐक्यबद्धता जनाएको छ । युरोपेली संघ र उसका २७ सदस्य राष्ट्रहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा एक वर्षअघि आजकै दिन भएको पाकिस्तानी आतंकवादी समूहको उक्त हमलामा ज्यान गुमाएका निर्दोष नागरिकहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो । 

उसले आफूहरू पीडितको साथमा रहेको बताएको छ । उक्त आक्रमणमा परी एक नेपालीसहित २६ हिन्दूधर्मीको हत्या भएको थियो । तीर्थयात्रीलाई उनीहरूको धर्म सोधीसोधी हत्या गरिएको थियो । 

ईयूले पीडित परिवार र भारतीय जनतासँग ऐक्यबद्धता व्यक्त गरेको छ । विज्ञप्तिमा सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दै यस्तो कार्य कुनै पनि हालतमा जायज हुन नसक्ने उल्लेख गरेको छ । युरोपेली संघले आतंकवाद विरुद्धको लडाइँमा निरन्तर प्रतिबद्धता जनाउँदै विश्वव्यापी सहकार्य आवश्यक रहेकोसमेत औँल्याएको छ । 

भारतले उक्त आक्रमणपछि अपरेशन सिन्दूर सञ्चालन गरेर पाकिस्तानमा रहेका आतंकवादीको बस्तीमा आक्रमण गरेर ती आतंकवादीलाई मारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ