arrow

लेखा समितिमा उद्योग सचिव

महत्वपूर्ण कागजात नष्ट हुँदा बेरुजु फर्स्यौटमा प्रमाण जुटाउन कठिन: सचिव राउत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
krishna-bdr-raut-election.jpg

काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटको काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

सचिव राउतका अनुसार कतिपय फाइलहरू महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएकाले बेरुजु फर्स्यौटको काम प्रभावित भएको छ। यसका साथै विगतमा करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टता र अन्योलका कारण समयमै फर्स्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको र रकम बढेको उनले स्पष्ट पारे।

हाल मन्त्रालयले यो समस्या समाधानका लागि कानुनमा तोकिए बमोजिमको ‘बेरुजु फर्स्यौट समिति’ नै गठन गरेर नियमित रूपमा काम गरिरहेको जानकारी दिएको छ। मन्त्रालय तथा मातहतका निकाय प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गर्दै कार्ययोजनाअनुसार बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम अघि बढाइएको सचिव राउतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ