arrow

राष्ट्रिय सभाबाट विधेयक सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
upper-house-083.jpg

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनबाट सर्वसम्मतिले पारित भएको हो। 

नेपालका रैथाने कला, संस्कृति, भाषा, पर्व र परम्परागत ज्ञान जस्ता अमूर्त वा अभौतिक सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।

यो विधेयक पारित भएसँगै राष्ट्रिय सभाको आजको कार्यसूची सम्पन्न भएको छ। सभामुख/अध्यक्षले सदनको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ