राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध, बैठक स्थगित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
149
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनयता लगातार अवरुद्ध हुँदै आएको राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
सरकारले विपक्षी दलका मागलाई समाधानतर्फ अगाडि बढाउने बाचा नगरी फेरि संसद बैठक बसेसँगै विपक्षी दलका सांसदहरूले विरोध जनाएसँगै अध्यक्ष नारायणप्रसाद दाहाले बैठक बिहीबार बस्ने गरी स्थगित गरेका हुन् ।
आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले तत्काल बालेनलाई संसदमा बोलाउन स्पष्ट पार्न आग्रहसमेत गरेका छन् ।