arrow

दशौँ राष्ट्रिय खेलकुदको मिति तत्काल घोषणा गर्न सांसद थपलियाको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
urmila-thapalaya-07-02.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले दशौँ राष्ट्रिय खेलकुदका लागि अर्बौँ रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला प्रयोगविहीन बनेर गौचरणजस्तै अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरिन् ।

सांसद थपलियाले खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू उचित अवसर र वातावरणको अभावमा निराश हुन बाध्य भएको बताइन् ।

उनले प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रमसमेत बढिरहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू आज निराश हुन बाध्य छन् । उचित अवसर र वातावरणको अभावमा प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रम समेत बढ्दो छ ।’

उनले विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तत्काल घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष आग्रह गरिन् ।

उनले भनिन्, ‘त्यसैले विगत चार वर्षदेखि हुन नसकेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ