कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको अवस्थामा हिरुवा (हरियाउ) सर्प देखिएको छ ।
स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ । एसियामा पाइने गैरविषालु यो सर्प एम्फिएस्मा प्रजातिको एकमात्र प्रजातिका रुपमा रहेको छ ।
यस सर्पको पानी र घाँसे सर्पहरूसँगको नजिकको सम्बन्ध छ । रासस