प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको लगातार दोस्रो दिन पनि प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
585
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको मंगलबारको बैठक शुरू भएलगत्तै विपक्षी दल 'श्रम संस्कृति पार्टी' ले प्लेकार्ड प्रदर्शन गर्दै संसद् अवरोध र विरोध जनाएको छ।
सभामुखले बैठकको कारबाही सुरु गरेलगत्तै सो पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सहितका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विभिन्न मागहरू अङ्कित प्लेकार्ड देखाउँदै विरोधमा उत्रिएका थिए।
संसद्को नियमित कार्यसूची अगाडि बढिरहँदा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले उभिएर सदन र सरकारको ध्यान आकर्षण गराउन विरोधलाई निरन्तरता दिएका थिए।
उक्त दलले यसअघि सोमबारको बैठकमा पनि यसै गरी प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको थियो। लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि संसद्को वातावरण केही बेर प्रभावित भएको छ।