प्रतिनिधि सभा बैठक शुरू: प्रि-बजेट छलफल जारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
547
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक शुरू भएको छ। सिंहदरबारस्थित संसद् भवनमा शुरू भएको आजको बैठकमा विशेष गरी आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल र प्रधानमन्त्री कार्यालयको पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद् सचिवालयलाई प्राप्त मन्त्रीहरूको कार्यभार थपसम्बन्धी औपचारिक पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यसैगरी आजको बैठकको मुख्य कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफललाई निरन्तरता दिइनेछ।
संसद्मा सांसदहरूले उठाएका जिज्ञासा, सुझाव र आलोचनाहरूको सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संक्षिप्त जवाफ दिने कार्यसूची समेत तय गरिएको छ।