न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानहट्टनमा नेपाल डे परेड भव्य रूपमा सम्पन्न भएको छ । नेपाली समुदायले झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित सहरलाई नेपालीमय बनाएका थिए ।
आइतबार भएको कार्यक्रममा न्यूयोर्क र आसपासका राज्यहरूबाट हजारौँ नेपाली सहभागी भएका थिए । विगत १० वर्षदेखि अमेरिकाको न्यूयोर्कबाट शुरू भएको नेपाल डे परेड प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।
यो परेडको मुख्य आयोजक गैरआवासीय नेपाली संघ, न्यूयोर्क च्याप्टर रहँदै आएको छ । (तस्बिरहरू–राजन काफ्ले)