चेन्नईलाई पाँच विकेटले हराउँदै हैदराबाद प्लेअफमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
1.5k
Shares
काठमाडौँ । सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। चेपोक रङ्गशालामा सोमबार खेलिएको आईपीएल २०२६ को यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफमा हैदराबादले १९ ओभरमै ५ विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्यो।
यस जितसँगै हैदराबादको टोली प्लेअफका लागि क्वालिफाई (छनोट) भएको छ। अर्कोतर्फ, यो हारले चेन्नईको टोलीका लागि शीर्ष ४ (टप-४) मा पुग्ने सम्भावना निकै कठिन बनेको छ। १२ अंक रहेको चेन्नई गुजरातसँग अन्तिम खेल खेल्नेछ ।
हैदराबादको जितका मुख्य नायक ईशान किशन रहे। उनले ४७ बलमा ७० रनको शानदार इनिङ खेले। उनीबाहेक हेनरिक क्लासेनले २६ बलमा ४७ रन बनाउँदै रन चेजलाई बलियो आधार दिए। अन्त्यमा सलील अरोडा (१० रन) र आर स्मरण (५ रन) ले तीव्र गतिमा रन बनाउँदै खेल जिताए।
चेन्नईका तर्फबाट बलिङमा मुकेश चौधरीले २ विकेट लिए भने अकिल हुसेन, नुर अहमद र अंशुल कम्बोजले १-१ विकेट हात पारे।
पहिले ब्याटिङ गरेको चेन्नईको सुरुवात उत्कृष्ट रहेको थियो। सञ्जु सामसनले मात्र १३ बलमा २७ रनको आक्रामक इनिङ खेले। त्यसपछि कार्तिक शर्माले १९ बलमा ३२ रन बनाए भने डेवाल्ड ब्रेभिसले २७ बलमा ४४ रन बनाउँदै पारीलाई सम्हाले। अन्त्यमा शिवम दुवेले २६ रनको योगदान दिए। ब्रेभिस र शिवमबीच पाँचौँ विकेटका लागि ५९ रनको साझेदारी भएको थियो।
हैदराबादका लागि बलिङतर्फ कप्तान प्याट कमिन्स सबैभन्दा सफल खेलाडी बने। उनले ४ ओभरमा मात्र २८ रन खर्चेर ३ वटा मुख्य विकेट चट्काए। यस्तै, साकिब हुसेनले २ विकेट लिए भने ईशान मलिङ्गा र प्रफुल हिङ्गेले १-१ विकेट लिए।