arrow

आईपीएल फाइनल

रंगशाला बाहिर कोहलीको जर्सी बढी बिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
kojoli-birat-rcb.jpg

काठमाडौँ ।  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीच आईपीएलको फाइनल खेल खेलिँदै छ। 

खेल हेर्नका लागि विश्वभरबाट हजारौँ प्रशंसकहरू अहमदाबाद पुगिसकेका छन्। 

रंगशालाको टिकट काउन्टरहरूमा दर्शकहरूको लामो लाइन लागेको छ भने कतिपय प्रशंसकहरूले टिकट बुकिङलाई लिएर गुनासो समेत गरेका छन्।

रंगशाला बाहिर दुवै टोलीको टी-शर्ट (जर्सी) को बिक्री तीव्र बनेको छ। रंगशाला बाहिर विराट कोहलीको नाम अंकित जर्सी सबैभन्दा बढी बिक्री भइरहेको छ।

फाइनल खेलको समापन समारोहमा प्रख्यात गुजराती गायक अरविन्द वेगडाले आफ्नो प्रस्तुति दिनेछन् । जहाँ उनका लोकप्रिय गुजराती गीतहरूमा दर्शकहरू झुम्ने अपेक्षा गरिएको छ। समारोहका लागि विशेष तयारीहरू गरिएको आयोजकहरूले जनाएका छन्।

यसैबीच भारतीय क्रिकेट नियन्त्रण बोर्डको तर्फबाट विशेष लाइट शो र सांस्कृतिक प्रस्तुतिहरूको व्यवस्था गरिएको छ। करिब १० मिनेटको अन्तरालमा फरक-फरक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। 

दर्शकहरूको सुविधा र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रंगशालामा दुईवटा मेडिकल अस्पताल र आठवटा मेडिकल काउन्टरहरू समेत स्थापना गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ