काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ।
पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा उनीहरूलाई सदस्य पदमा नियुक्त गरिएको हो।
मनोनयन हुने नयाँ सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्।
पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउनका लागि संयोजक साहको नेतृत्वमा रहेको उक्त समितिमा यी नेताहरूलाई थप जिम्मेवारी दिइएको हो।