कांग्रेसका सबै संघीय सांसद समेटेर छलफल [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
477
Shares
काठमाडौँ । नेपाली कांग्रेसका संघीय सांसदहरूलाई समेटेर कांग्रेस संसदीय मामिला सहजीकरण समितिले कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी मुख्यालय बीपीनगर सानेपामा भइरहेको कार्यक्रममा पार्टी सभापति गगनकुमार थापासमेत उपस्थित रहेको कार्यक्रममा प्राडा गोविन्दप्रसाद पोखरेलको प्रस्तुतिसमेत दिएका थिए ।
केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी रहेको समितिले संसदमा बजेट अधिवेशन बसिरहँदा पार्टीले खेल्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुका साथै पार्टीको उपस्थिति दरिलो बनाउन बहन गर्नुपर्ने दायित्व बारेमा छलफल भइरहेको हो ।